सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने पूलको स्टीमेट बनाउँन ढिलाई

२०७६ फाल्गुन २७, १२:४३ खबर संवाददाता

धनगढी : कैलालीको मोहनापुल–अत्तरिया छ लेन सडकमा पर्ने तीन वटा पूलको स्टीमेट बनाउन ढिलाई भएको छ। गत महिना मात्रै तीन वटा पूलको डिजाईन स्वीकृत भएपनि स्टीमेट बनाउने काम अझै सुरु नभएको हो। पछिल्लो समय ६ लेन सडक निर्माणको गती तिव्र पारिए पनि पूल निर्माणका लागि भने अहिले सम्म ठेक्का समेत भएको छैन्।

नेपाल–भारत सीमा क्षेत्र मोहनापुलदेखि अत्तरिया सम्मको १४ दशमलव २ किलोमिटर सडक कालोपत्रेको कामलाई तिव्रता दिइएको छ। गत माघ अन्तिम साता डिजाईन स्वीकृत भएपनि स्टीमेट तयणर नभएको मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालय धनगढीका प्रमुख होमबहादुर एसीले बताए।

उनले भने, ‘भारतसंग सीमाना जोडिएको मोहनापुल, गेटास्थित मनहरा पुल र सुनि खोलामा निर्माण गरिने पुलको गत माघ अन्तिम साता डिजाईन स्वीकृत भएका थियो। अव हामी स्टीमेट बनाउने तयारीमा छौँ। त्यसपछि मात्रै ठेक्काको प्रक्रिया अगाडी बढ्छ्।’

६ लेन सडकको निर्माण अवधी सकिएर अहिले दोश्रो पटक म्याद थप भएको छ। निर्माण कम्पनीले निर्धारित समय भित्रै कालोपत्रे सम्पन्न गर्ने दावी गरेका छन्। तर पुल निर्माण अघिका प्रक्रियामै ढिलाई हुँदा कालोपत्रे सम्पन्न भएपनि आवतजावतमा सास्ती कायमै हुने आशंका गरिएको छ। 

‘सडक निर्माणको काम पूर्ण भएपनि पुल निर्माणको काम पूर्ण नभए यातायात सञ्चालनमा पनि समस्या हुने देखिएको छ,’ सवारी चालक चेतेन्द्र बहादुर रावलले भने, ‘६ लेन सडक कालोपत्रेको काम पूर्ण भए द्रुत गतिमा सवारी सञ्चालन हुने तर पूलका कारण समस्या हुनछ।’ २०७४ जेठमा ६ लेन सडक निर्माण कार्य सुरु भए पनि त्यसमा पर्ने तीन वटा पुलको भने डिजाईन बनाउनै ढिलाई भएको थियो। 

कमेन्ट लोड गर्नुस