सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधको कारोबारीमा संग्लन भारतीय नागरिक पक्राउ

२०७६ फाल्गुन २६, ०६:३९ खबर संवाददाता

धनगढी: कैलालीमा एक जना लागुऔषधको कारोवारमा संग्लन पक्राउ परेका छन्। लागुऔषधको कारोवारमा संग्लन भारतको लखिमपुर खिरी घर भई गोदावरी नगरपालिका वडा नम्वर १ मा डेरा गरी बस्ने वर्ष २१ का किसन गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर–२ अत्तरिया बजारमा ठेलामा होलीको सामान बेच्दै आएका गुप्ताले लागुऔषध समेत बिक्री गरिरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

ठेलामा ७ वटा पुडिया खैरो हेरोईन भेटिएपछि प्रहरीले गुप्तालाई पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस