अत्तरियामा हाईस र ट्रयाक्टर ठोक्किए, एकजना घाईते
कैलालीको अत्तरियामा हाईस र ट्रयाक्टर ठोक्किदा एकजना घाईते भएका छन्। धनगढीबाट अत्तरियातर्फ जादै गरेको बा २ ख १५२५नम्बरको हाईस र विपरीत दिसाबाट आईरहेको से २त ३३६ नम्बरको ट्रयाक्टर ठोक्किदा एकजना घाईते भएको प्रहरीले जनाएको छ।
घाईते निरबहादुर तामाङ भनिएपनि उनको ठेगना खुल्न नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। घाईतेको खुट्टा र टाउकोमा चोट लागेको छ। उनको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भईरहेको छ। ट्रयाक्टर चालक फरार रहेका छन्।
घाईते युवकले आफूलाई कतिबेला हाईस चालक बताईरहेपनि स्पष्ट हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ। उनी हाईस सिक्ने क्रममा अनियन्त्रियत भएर ट्रयाक्टरसँग ठोक्किएको आशंका गरिएको छ। घटनाको अनुसन्धान बाँकी रहेकाले विस्तृत विवरण नआएको प्रहरीले जनाएको छ।