धनगढीमा रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको शालिक शिलान्यास
धनगढी: धनगढीमा रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको शालिक शिलान्यास गरिएको छ। नेपाल रेडक्रस कैलाली शाखा स्थापना भएको ५० वर्ष पुगेकाले स्वर्ण जयन्तीको अवसरमा ड्युनाको शालिक शिलान्यास गरिएको हो।
स्वर्ण जयन्तीको अवसरमा सुदुरपश्चिम प्रदेशका शभामुख अर्जुन बहादुर थापाले शालिकको शिलान्यास गरेका हुन। कैलालीमा २०२७ साल फागुन २६ गते रेडक्रस स्थापना भएको थियो। हाल यहाँ रेडक्रसका २४ वटा उपशाखा रहेको छन्।