सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सबै जिल्लामा क्वारेन्टाइन व्यवस्थापन गर्ने प्रदेश सरकारकाे निर्णय

२०७६ फाल्गुन २५, ०९:०६ खबर संवाददाता

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले सबै जिल्लामा क्वारेन्टाइनकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे छ। मुख्यमन्त्री त्रिलाेचन भट्टकाे अध्यक्षतामा बसेकाे बैठकले सबै जिल्लामा क्वारेन्टाइन व्यवस्थापनका लागि सम्बन्धित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासनसँग समन्वय गरी व्यवस्थापन गर्ने निर्णय गरेकाे हाे। 

कोरोना भाईरसबाट जोगिन शंकास्पद व्यक्तिलाई राख्न सबै जिल्लामा आईसोलेसन कक्ष पनि स्थापना गर्ने निर्णय भएको छ। यस्तै सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने, सबै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने,

विशेष परिस्थितिमा औषधी, उपकरण लगायत अन्य व्यवस्थापन सामग्री खरिद गर्न सक्ने व्यवस्था समेत गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस