नेपाल रेडक्रस सोसाइटी कैलालीद्वारा वार्षिक कार्यक्रम सार्वजनिक
नगढी: नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले आफ्नो वार्षीक कार्यक्रम सार्वजनिक गरेको छ। कैलाली रेडक्रस स्थापना भएको ५० वर्षको अवसरमा विभिन्न विषयमा जानकरी दिन धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत वार्षिक कार्यक्रमहरु आयोजना गरिएको हो।
‘कैलालीवासीसँग रेडक्रसको ५० वर्ष’ भन्ने नाराका साथ फागुन २६ गते औपचारीक कार्यक्रमको आयोजना गरिने नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका मन्त्री लोकराज जोशीले बताए।
नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका अनुसार अर्को वर्ष सरोकारवालासँग समन्वयतात्मक बैठक, अभिमुखीकरण कार्यक्रम, वृक्षारोपण, अतिरिक्त क्रियाकलाप, राहत वितरण, स्वास्थ्य शिविर संञ्चालन, विभिन्न दिवस गोष्ठीको आयोजना, व्यक्ति एवं संघसंस्थाहरुलाई सम्मान, स्मारिका प्रकाशन, रक्तदान लगायतका कार्यक्रमहरु संञ्चालन हुने छन्।