सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा महिला दिवस: ‘महिला रोकिए संसार रोकिन्छ’

२०७६ फाल्गुन २५, ०५:४२ खबर संवाददाता

धनगढी: आज अन्तराष्ट्रिय महिला श्रमिक दिवस। धनगढीमा पनि महिला अधिकारका पक्षमा आवाज उठाउँदै विभिन्न कार्यक्रम भएका छन्। महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको संयोजनमा ११०औं अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व श्रमिक महिला दिवस मनाइएको छ। 

कोभिड– १९ कोरोना भाइरस संक्रमणको जोखिमका कारण उक्त दिवसको कार्यक्रम पनि प्रभावित भएको छ। त्यसैले धनगढीमा पनि ठूलो समूह भेला भएर हुने कार्यक्रमको स्वरुप परिवर्तन गरिएको छ। 

आइतबार अधिकारकर्मीको टोलीले धनगढी चौराहा, पार्कमोड, क्याम्पसचोक लगातका चोकहरुमा सा–सानो समूहमा भेला भएका कार्यक्रम गरेका छन्। ‘महिला रोकिए संसार रोकिन्छ’ लेखेको ‘प्लेकार्ड’ तथा टिसर्ट लगाएर महिला अधिकारकर्मीहरु भेला भएका हुन। 

सरकारले अहिले पनि महिलाहरुलाई दोश्रोे नागरिकको दर्जा दिएको दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमीरेले आरोप लगाइन्। महिलाहलागि थुप्रै कानून निर्माण गरिएपनि कार्यान्वयमा नआएको उनले बताइन्। उनले सरकारले महिलाको हक, अधिकार तथा उत्थानमा चासो दिनुपर्नेमा जोड दिइन्। 

कमेन्ट लोड गर्नुस