सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन प्रवर्द्धनमा कोषेढुङ्गा बन्यो शुक्लाफाँटा महोत्सव

२०७६ फाल्गुन २५, ०८:०४ खबर संवाददाता

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्दन गर्ने ध्येयले आयोजित ‘तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव’ स्वदेशी र विदेशी पर्यटनलाई आकर्षण गराउन सफल भएको छ। 

भीमदत्तका नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका अनुसार महोत्सवका क्रममा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अनाथ बालबालिका र नेपाल भारतका साहित्यकारले सामूहिकरूपमा भ्रमण गरेका छन्। महोत्सव समापनका क्रममा शनिबार आयोजित कार्यक्रममा उनले अपाङ्गता भएका ३५, ज्येष्ठ नागरिक ९०, एकल महिला ६०, अनाथ बालबालिका ३२ र नेपाल भारतका साहित्यकार २० जनाले निःशुल्क निकुञ्ज भ्रमण गरेको बताए। “अन्य स्वदेशी र विदेशी  पर्यटकले सोही क्रममा निकुञ्ज भ्रमण गरेका छन”, उनले भने।

 पर्यटकलाई मझगाउँस्थित निकुञ्ज कार्यालय र पिपरियास्थित हात्तीसार पोष्टबाट निकुञ्ज अवलोकनका लागि प्रवेश गराइएको थियो। निकुञ्ज विषयमा मदनचोकमा वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको थियो।  भीमदत्त नगरपालिले पाँच लाख, नेपाल पर्यटन बोर्डले दुई लाख ५० हजार, प्रकृति संरक्षण कोषले ५५ हजार, सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई लाख र कञ्चनपुर उद्योग वाणिज्य सङ्घबाट रु ५० हजार खर्च व्यहोरोका सार्वजानिक गरिएको थियो।  

निकुञ्जको प्रचारप्रसार, भीमदत्तका पर्यटकीय धार्मिक, सांस्कृतिक क्षेत्रको प्रचारप्रसार र नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य लिएर विभिन्न साझेदार निकायको साझेदारी र सहकार्यमा गरिएको हो नगरप्रमुख विष्टले भने, “यो महोत्सव पर्यटन प्रवद्र्धनमा कोषेढुङ्गा बनेको छ। यसलाई अझै निरन्तरता  जानेछाैँ।”

वर्षा र कोरोना सङ्क्रमणको जोखिमले महोत्सव कार्यक्रमका केही कार्यक्रमलाई अवरोध पुगेको जनाइएको छ। सो निकुञ्जको शुक्लाफाँटा घाँसेमैदानमा गर्ने तयारी गरिएको उद्घाटन कार्यक्रम वर्षाका कारण अन्तिममा आएर पिपरियास्थित हात्तीसारमा गरिएको थियो। महोत्सव उद्घाटनका दिन निकुञ्ज प्रवेशद्वारमा बाह्रसिङ्गाको मूर्ति स्थापना गरी मझगाउँचोकलाई बाह्रसिङ्गाचोक नामारकणसमेत गरिएको छ। 

महोत्सवमा मझगाउँ विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको थियो। तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा गरिएको फागुन ९ गते शुरु भइ महोत्सव २४ गते समापन भएको थियो। रासस
 

कमेन्ट लोड गर्नुस