सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको मार्तडी–कोल्टी सडकमा १ अर्ब ५७ करोड बजेट विनियोजन

२०७६ फाल्गुन २४, ०५:१८ प्रकाश सिंह

बाजुरा: बाजुराको मार्तडी कोल्टी–सड्क खण्ड कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम विनियोजन भएको छ। मार्तडीदेखि कोल्टिसम्म ४१ किलोमिटर कालोपत्रे गर्नेगरि उक्त रकम प्रदेश र संघ सरकारबाट विनियोजन भएको प्रदेश सांसद बल्देब रेग्मीले जानकारी दिए।

प्रदेश सरकारको बहुवर्षिय योजनामा परेको उक्त सडकमा १५ किलोमिटरको काम शुरु भइसकेको छ। १५ किलोमिटर कालोपत्रेका लागि प्रदेश सरकारबाट ५८ करोड विनियोजन भएको थियो। समपुरक अनुदानको बजेटबाट यो आर्थिक वर्षमा संघ र प्रदेशबाट थप ९८ करोड ७५ लाख १२ हजार रकम विनियोजन भएको छ। यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको सांसद रेग्मीले बताए।  

१५ किलोमिटर काम शुरु भएर सडक चौडा बनाउने काम भइरहेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले बताए। ‘थप आएको योजनामा संघले १० करोड यो आर्थिक वर्षकालागि पठाइसकेको छ र टेन्डर गर्नका लागि फाइल  समेत प्रदेश पठाइएको छ’ उनले भने ‘ अब छिट्टै टेन्डर गरेर काम अगाडि बढ्छ।’ तीन वर्षभित्रमा जम्मै ४१ किलोमिटर कालोपत्रे गरिसक्ने उनको दावी छ।  

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस