सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा महिला र बालिका बलात्कार गर्नेलाई कैद

बलात्कार गरेको आरोपमा पक्राउ परेका मोहनबहादुर रावल
बलात्कार गरेको आरोपमा पक्राउ परेका मोहनबहादुर रावल
२०७६ फाल्गुन २४, ०४:४५

टेकराज भण्डारी, अछाम:  अछाम जिल्ला अदालतले छुट्टाछुट्टै घटनाका बलात्कार आरोपी २ जनालाई कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ। 

अछाम जिल्ला अदालतका न्यायधिश नविनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल  विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ। साथै रावललाई दुई लाख ५० हजार क्षतिपूर्ति पिडित महिलालाई दिनुपर्ने फैसला समेत गरेको जिल्ला अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिए।

उजुरी परेपछि रावललाई गत साउन १७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। महिलाका श्रीमान भारतमा रहेको अवस्थामा उनीमाथी बलात्कार भएको जनाइको छ । 

यस्तै १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय हिरण्डबहादुर कुँवरलाई ९ वर्ष कैद सजाय र१० हजार क्षतिपूर्तिको फैसला भएको छ।

उनी विरुद्ध गएको भदौमा पिडितकी आमाले किटानी जाहेरीसहित  प्रहरीमा उजुरी दिएका थिइन।

कमेन्ट लोड गर्नुस