कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु
कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। जिल्लाको गौरीगैगा नगरपालिका वडा नम्बर ६ मा स्कुलबस र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको हो।
पुर्वबाट पश्चिम तर्फ आईरहेको त्रिपुरा ईङलिस बोडिङ स्कुलको ना ४ ख ४९४४ नम्बरको बस र विपरित दिशातर्फ गईरहेको से ५ प ६९९४ नम्बरको मोटरसाईकल ठोकिक्दा गौरीगैगा नगरपालिका वडा नम्बर १ का २४ वर्षीय विजय लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतले बताए।
उनका अनुसार लामाको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मेटरलाईकल र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।