धनगढीबाट एक जना लागु औषध कारोवारी पक्राउ
धनगढीबाट लागु औषध नाईट्राभेट कारोबारमा संलग्न एक जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक हेमराज भट्टको कमाण्डमा खटिईएको प्रहरी टोलीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ स्थित संकास्पद रुपमा हिडिरहेको अवस्थामा स्थानीय संजिव रानालाई प्रहरीले पक्राउ गरेको हो।
रानाको साथबाट ६० टयाब्लेट नाईट्रोभेट फेलापारी बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलाली जिल्ला अदालतबाट ५ दिन म्यादथप गरी अनुसन्धान भईरहेको छ।