सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्राउन सुगर सहित एक जना पक्राउ

२०७६ फाल्गुन २३, ०४:४१ खबर संवाददाता

धनगढीमा ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक हेमराज भट्टको कमाण्डमा खटिईएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका १ बस्ने २६ को निमेश थापालाई पक्राउ गरेको हो।

उनको साथबाट एक ग्राम एक सय २० मिलिग्राम ब्राउन सुगर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

धनगढी उपमहानगरपालिका वडा नम्बर १ वनदेवी मन्दिर नजिक कृषी हाटबजार भित्र लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको सुचनाको आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो। 
 

कमेन्ट लोड गर्नुस