सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सशस्त्र प्रहरीद्धारा २ लाखका अवैध कुखुरा बरामद

२०७६ फाल्गुन २३, १२:३८ खबर संवाददाता

धनगढीमा सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेका अवैध बोईलर कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणले धनगढीको जुगेडाबाट ल्याउँदै गरेका दुई लाख १० हजार मूल्य पर्ने एक हजार किलो बराबरका अवैध कुखुरा बरामद गरिएको जनाएको छ।

बरामद गरिएका कुखुरा पशु स्वास्थ्य प्राविधिक, क्वारेन्टाईन चेक पोष्ट धनगढी र कुखुरा तथा अण्डा उत्पादक किसान संघ र नेपाल ह्याचरी व्यवसायी संघ संगका प्रतिनिधीको रहोबरमा नष्ट गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस