सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आयोगले मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखिदिएपछि...

२०७६ फाल्गुन २२, ०६:३२

एक व्यक्तिको मतदाता परिचयपत्रमा नाम, ठेगाना सबै सही तर तस्वीर राख्नुपर्ने ठाउँमा कुकुरको फोटो राखिएको पाइएको छ। 

भारतको पश्चिम बंगालका सुनील करमाकरले भारतको निर्वाचन आयोगविरुद्ध मानहानिको मुद्दा दायर गर्ने बताएका छन्।  बंगालको मुर्शिदाबादमा बस्ने करमाकरले कर्मचारीहरूले जानीबुझी गल्ती गरेको करमाकरको बतएका छन्। 

आयोगका अधिकारीले करमाकरको मतदाता परिचयपत्रमा भएको गल्ती सुधारिएको बताएका छन्। मुर्शिदाबादमा सुनील करमाकर मात्र नभई ८ लाख ३० हजार मानिसले मतदाता परिचयपत्रमा भएका गल्ती सुधार्न निवेदन दिएको बताइएको छ।–एजेन्सी

कमेन्ट लोड गर्नुस