सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भिरबाट लडेर गम्भीर घाइते भएकी युवतीको हेलिकोप्टरमार्फत उद्धार

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन २१, ०५:३१ डीवि विष्ट

बझाङ: बझाङमा भिरबाट लडेर गम्भीर घाइते भएकी एक युवतीको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ। दाउरा काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी साईपाल गाउँपालिका– ४ धुली लाफडीकी ५४ वर्षीया छ्योई लामालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।  

बुधबार बिहान गाउँ नजीकै रहेको कृमशैन जंगलमा दाउरा काट्ने क्रममा लडेर झण्डै ४० मिटर तल खसेर वेहोश अवस्थामा रहेकी उनीलाई स्थानीय राक्तोल लामाले गाउँ ल्याएका थिए। 

नजिकै रहेको सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा उपचार सम्भव नभएपछि गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीको पहलमा उनीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्जमा मेडीकल कलेजमा लगिएको हो। 

हेलिकोप्टरको लागत गाउँपालिकाले बेहोर्ने अध्यक्ष धामीले बताए।  
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस