बझाङमा वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
बझाङ: बझाङको जयपृथ्वी बहुमुखी क्यापसका प्राध्यापक र विद्यार्थीहरुका लागि वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। सोमबार राष्ट्रिय बाणिज्य बैंक बझाङ शाखाले कार्यक्रमको आयोजना गर्दै जयपृथ्वी बहुमुखी क्याम्पस भोपुरमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको हो।
समाजका विभिन्न वर्गमा वित्तिय चेतना अभिवृद्धि गराउन, बैंकिङ बानीको विकास गर्न, बैंकको खाता, ब्याज तथा ऋण सम्वन्धी जानकारी दिन, बैंकमा हुने सेवा सुविधाहरुबाारे जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय वाणिज्य बैंक बझाङका सहायक शाखा प्रवन्धक विशनदेव जोशीले बताए।
बैंकको कारोबार चेक, एटिएम कारोबारको सुरक्षा, सफा नोट कार्यान्वयन, उद्यमशिल नागरिकको निर्माण गर्ने उदेश्यसहित कार्यक्रम संचालन गरिएको उनले बताए ।
वित्तिय साक्षरता बचत, कर्जा, बैंकिङ कारोबार आदि बारे वित्तिय जानकारी प्रदान गर्न, खाताको बारेमा जानकारी दिनका, सुरक्षित कारोबार गर्न तथा गराउन र वित्तिय ठगीबाट बचाउन आवश्क पर्ने भएका कारण उक्त कार्यक्रम महत्वपुर्ण रहेको शाखा प्रवन्धक प्रकाशबहादुर विष्टले बताए।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय बझाङका शाखा प्रबन्धक प्रकाशबहादुर विष्टको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथी जयपृथ्वी बहुमुखी क्याम्प्सका क्याम्पस प्रमुख मोहनराज उपाध्याय रहेका थिए।