सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–काठमाडौँ बसको टिकट इ-सेवाबाट काट्दा २० प्रतिशत रकम फिर्ता

२०७६ फाल्गुन १९, ०३:५५ खबर संवाददाता

धनगढी: इ-सेवाबाट टिकट लिदाँ २० प्रतिशत क्यासब्याक पाइने भएको छ। इसेवाले धनगढी–काठमाडौँ यात्रा गर्ने यात्रुको सुविधालाई ध्यानमा राख्दै यो अफर सार्वजनिक गरेको हो।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिसँगको सहकार्यमा २० प्रतिशत क्यासब्याकको अफर ल्याईएको इसेवाका सुदूरपश्चिमले जनाएको छ। टिकट काटेपछि २० प्रतिशत रकम अनलाईन मार्फत नै फिर्ता हुने इसेवाले जनाएको छ। 

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले इसेवाबाट बसको टिकट काट्दा ठगिने र लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाइनुका साथै यात्रुहरुले २० प्रतिशत सम्म क्यासब्याक पाउने बताए।

उनले अहिले प्रालिले धनगढी–काठमाडौ–धनगढीमा बससेवामा मात्रै यो सुबिधा भएपनी छिट्टै अन्य रुटमा समेत इसेवाबाट टिकट काट्ने ब्यबस्था  गरिने बताए।

कमेन्ट लोड गर्नुस