सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मौलिक खानाका परिकारको बजारीकरणको अभाव कायमै

२०७६ फाल्गुन १९, ०७:४६ रोशन भट्ट

होटल व्यवसायी संघ कैलालीले धनगढीमा आयोजना गरेको खाना महोत्सवका स्टलहरुमा सुदूरपश्चिमका मौलिक परिकार राखिएका छन्। महोत्सव अवलोकनका लागि पुग्ने जोकोहीले पनि सहजै आफूले चाहेका परिकारको स्वाद चाख्न पाउने अवस्था सिर्जना भएको छ। कैलाली–कञ्चनपुरका थारु समुदायले बनाउने परिकारदेखि पहाडी समुदायले बनाउने विभिन्न परिकार त्यहाँ उपलब्ध छन्।

तर सुदूरपश्चिमको मौलिक संस्कृतीलाई जिवन्त पार्ने परम्परागत खानाको बजारीकरणमा भने समस्या छ। खाना महोत्सवमबाट सुदूरपश्चिमका परम्परागत खानाका परिकार चिनाउन सहयोग पुगेपनि बजारीकरण र निरन्तरताको आवश्यकता देखिन्छ। तर परम्परागत मौलिक खानाका परिकारको बजारीकरण गर्न समस्या भईरहेको बाजुरा स्थायी घर भएर धनगढीमा होटेल व्यवसायी गर्दै आएका सुरेन्द्र थापाले बताए।

‘युवाहरु सबै विदेश जान थालेपछि खेतहरु बाझै रहन थाले।’ उनले भने, ‘रैथाने वालीको उत्पादन पनि निकै कम भईसकेको छ।’ ‘भएकै उत्पादनको समेत बजारिकरण गर्न सकिएको छैन्।’ परम्परागत वालीको उपयोग घटेसंगै उत्पादनमा समेत ह्रास आउन थालेको छ। पहाडबाट तराई तीर बढ्दो बसाईसराईका कारण पनि उत्पादनमा कमी हुन थालेको हो। सुदूर पहाडमा कृषि पेशामा संलग्नहरुपनि बजारीकरणको समस्याका कारण निराश हुन थालेका छन्।

पश्चिमी संस्कृतीको प्रवेश संगै परम्परागत खानाका परिकार तथा वालीहरुलाई नयाँ पुस्ताले विर्सिदै गएको धनगढीका लक्ष्मण भण्डारीले बताए। ‘पछिल्लो केही समय यता निजी क्षेत्रको प्रयासमा केही मेला–महोत्सवको माध्यमबाट यस क्षेत्रको मौलीक संस्कृतीलाई देखाउने अवसर मिलेको छ।’ उनले भने ‘सरकारी स्तरबाट भने राम्रो प्रयासहरु हुन सकेका छैनन्।’ निजी क्षेत्रले सुरुवात गरेपनि राज्यपक्षले नै निरन्तरता दिन आवश्यक रहेको भनाई धेरैको छ।

छोटो समयको लागि आयोजना हुने मेला महोत्सवले यस क्षेत्रको परम्परालाई देखाउने गरेको भएपनि त्यसलाई निरन्तरता दिन सकिएको छैन्। परम्परागत खानाका परिकारलाई पर्यटकीय दृष्टिकोणबाट समेत निकै महत्वपुर्ण मानिएको भएपनि सहजै उपलब्ध गराउन भने सकिएको छैन्। प्रदेश वाहिरबाट सुदूरपश्चिम आउने पर्यटकहरु परम्परागत खानाका परिकार खान रुचाउने गर्दछन्। तर यहाँ सुदूरपश्चिमको रैथाने परिकारहरु सबै समयमा पाउन मुस्कील हुने गरेको छ।

जसका कारण उनीहरु सुदूरपश्चिमका मौलिक परिकारको स्वाद चाख्नबाट वञ्चित छन्। अव मौलिक परिकारहरु धनगढीमा नियमित उपलब्ध गराउने प्रयास भईरहेको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। ‘रैथाने वालीबाट बन्ने खानाका परिकार धनगढीका कुनै–कुनै होटेलमा मेनु नै राख्ने तयारी भईरहेको छ।’ उनले भने, ‘अव यी खानाका परिकारहरु धनगढीका होटलहरुमा समेत खान पाउछौँ।’, ‘र एउटा साझा मेनु बनाउने तयारी होटल व्यवसायी संघको छ।’

निजी क्षेत्रको प्रयासलाई स्थानीय प्रदेश तथा संघीय सरकारलेपनि सहयोग गर्नु पर्ने देखिएको छ। यस क्षेत्रको मौलिक संस्कृती तथा परम्परागत खानाका परिकारलाई बजारिकरण गर्न सके पर्यटक भित्रिनु साथै आर्थिक स्तर बृद्धि गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस