सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको अवस्थाबारे विकास सम्मेलनमा चर्चा

२०७६ फाल्गुन १८, ०६:३१ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले आयोजना गरेको विकास सम्मेलनमा धनगढीको अवस्थाबारे चर्चा गरिएको छ। सम्मेलनमा धनगढी नगरपालिका हुँदा र अहिले उपमहानगर भएपछिको अवस्थाका बारेमा चर्चा गरिएको थियो।  

सम्मेलनमा ६ वटा कार्यपत्र प्रस्तुत गर्दै धनगढीका विभिन्न पक्षका बारेमा चर्चा गरिएको थियो। कार्यक्रममा सहभागिहरुले धनगढीको अवस्थाका बारेमा प्रश्न गरेका थिए। धनगढीलाई दिगो विकासको अवधारणमा लग्न नसकिएको उनीहरुको तर्क थियो। 

धनगढीमा व्यवस्थीत विकास गर्न नसकिएको सम्मेलनका सहभागिहरुले बताएका छन्। उनीहरुले नगरसँग उपमहानगरपालिकाका लागि आवश्यक पर्ने संरचना पनि नरहेको बताएका छन्।

सम्मेलनमा बोल्दै सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार डाक्टर हेमराज पन्तले विकास सम्मेलन एक विषयमा केन्द्रीत नभएको बताएका छन्। साथै उनले हरियाली धनगढी कुरुप हुदै गएको भन्दैे चिन्ता व्यक्त गरेका छन्।

हरियाली रहेको धनगढी कुरुप हुदै गएको भन्दै फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले योजना निर्माण गर्नुपर्ने डाक्टर पन्त बताए। धनगढी उपमहानगरपालिकाले स–साना योजना भन्दापनि दिगो विकासलाई प्राथामिकता दिइनुपर्ने अर्थशास्त्री डाक्टर हेमराज पन्तले बताए। 

विकास सम्मेलनमा सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सुदूरपश्चिम प्रदेश सरकार धनगढीमा रहेकाले भौतिक संरचना निमार्णका लागी एक इन्च पनि जग्गा नरहेको बताए। ‘भौतिक संरचना निर्माण गर्दा स्थानीयलाई क्षतीपूर्ती दिनुपर्ने अवस्था छ’ उनले भने। 

उनले धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माण भएका तथा निर्माणको क्रममा रहेका विकास निर्माणको बारेमा समेत चर्चा गरेका छन्। धनगढीमा  कोल्ड स्टोर, जडीबुटी प्रशोधन उद्योग, २२ करोडको बायो ग्यास, सिटीहल, थारु तथा राना थारु संग्रालय र ३४ करोडका खानेपानीका योजनाहरु निर्माणको चरणमा रहेका उनले बताए। 

युवा र महिलालाई लक्षित कार्यक्रम सञ्चालन गर्न नसकेका कारण धनगढीको विकास हुन नसकेको नगरप्रमुख वडले बताए। विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देशन गर्ने उनले बताए।  

उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका बारेमा विकास सम्मेलनमा चर्चा भएको थियो। 

कमेन्ट लोड गर्नुस