सुदूर नेपाललाई विश्वसँग जोड्दै

एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक बोहरा धरौटीमा रिहा

२०७६ फाल्गुन १८, ०१:२७

दार्चुला : सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको तथा बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक धरौटीमा रिहा भएका छन्। 

गत माघ २६ गते ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसमा चित्तल तस्करी गरेका चालक महेशबहादुर बोहरा २० दिनपछि ५० हजार धरौटीमा छुटेका हुन। उनीलाई ५० हजार धरौटी लिएर तारेखमा छोडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी दिपेन्द्र शाहीले बताए।  

प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट फर्केर गाउँपालिकाको केन्द्र पंसेरा जाने क्रममा मृत चित्तल तस्करी गरिरहेको अवस्थामा चालक बोहरालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएको थियो।
 

कमेन्ट लोड गर्नुस