सुनको भाउ १२ सय रुपैयाँले घट्यो
२०७६ फाल्गुन १८, ११:३०
सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेको छ।
सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। गएको शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ। चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट लोड गर्नुस