सुदूर नेपाललाई विश्वसँग जोड्दै

१ वर्षीय छोराको हत्या गरेको अभियोगमा आमा पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन १६, ०३:५५ खबर संवाददाता

छोरोका हत्या गरेको अभियोगमा पर्सामा एक आमा पक्राउ परेकी छन्। पर्साको सिर्सिया नदीमा १ वर्षीय बालक प्रमोद साहको शव फेला परेपछि उनी पक्राउ परेकी हुन्। 

वीरगन्ज महानगरपालिका १६ सिर्सिया खोलामा ती एक वर्षीय बालकको शव फेला परेको थियो।  

मृतक बालककी दिदीले दिएको बयानका आधारमा उनकै आमा उर्मिला देवीमाथि प्रहरीले आशंका गरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस