सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको प्रशासन कार्यालयमा स्तनपान कक्ष सञ्चालन

२०७६ फाल्गुन १६, ०१:३४ खबर संवाददाता

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ। महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै बच्चासहित कार्यालयमा सेवा लिन आउने महिलाहरुका लागि सुरक्षित स्तनपान कक्षको निर्माण गरिएको कार्यालयले जनाएको छ।

कार्यालयलाई महिलामैत्री बनाउने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। उक्त कक्ष ३ लाखको लागतमा स्थापना गरिएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस