सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा सुँघेर कुकुरले यसरी पत्ता लगाउँछ गम्भीर बिरामी

२०७६ फाल्गुन १६, ०६:०५ खबर संवाददाता

बेलायत र गाम्बियाका वैज्ञानिकहरुले रोग पत्तो लगाउने एउटा अनौठो विधि पत्तो लगाएका छन्। उक्त विधि अन्तर्गत मलेरियाजस्तो गम्भिर बिरामी पत्तो लगाउन अब मानिसले कुकुरको सहयोग लिनसक्छ। वैज्ञानिकहरुले संक्रमित व्याक्तिको कपडा सुँघेर मलेरिया पत्तो लगाउन कुकुरलाई प्रशिक्षण दिने बताएका छन्।

बेलायतको डरहम विश्वविद्यालयले केही कुकुरहरुलाई मलेरिया डिटेक्ट गर्ने प्रशिक्षण दिइरहेको छ। वैज्ञानिकको यो समूहले पशुको मद्दतले मलेरियाजस्तो बिरामीलाई रोक्ने र त्यसको निवारण गर्ने अपेक्षा गरेका छन्। यो शोध अहिले शुरुवाती चरणमा छ तर विशेषज्ञहरुले यसबाट बिरामी पत्तो लगाउने नयाँ तरिका पाउने बताएका छन्।

अध्ययनमा मलेरिया संक्रमित व्यक्तिको शरीरबाट थोरै फरक गन्ध आउने पाइएको बताइएको छ। यसको आधारमा कुकुरको मद्दतबाट व्यक्तिको शरीरमा रहेको मलेरिया पहिचान गर्न सकिने बताइएको छ। कुकुरमा सुँघ्ने शक्ति हुन्छ। इंग्ल्याण्डको मिल्टन कींज शहरस्थित मेडिकल डिटेक्शन डाँग्स चैरिटीका कुकुरहरु पहिलेबाटै क्यान्सर र पार्किंसन जस्ता बिरामीहरुको सुरुवाती लक्षण पहिचान गर्न प्रशिक्षित छन्। अमेरिका सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजीनको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको परिणाममा ती कुकुरहरु मलेरियाको पहिचान गर्नसक्ने पत्ता लागेको थियो।

ती कुकुरहरुले दशमध्ये सातवटा नमुनामा मलेरिया भएको सही पहिचान गरेका थिए। लण्डन स्कूल अफ हाइजीन र ट्रपिकल मेडिसिनका चिकित्सक शेल्सी स्काँयर्सले बीबीसीसँग कुकुरमा सुँघ्ने क्षमता प्राकृतिक भएको बताए। शेल्सीका अनुसार कुकुर डायग्नोस्टिक टेस्टभन्दा पनि धेरै चाँडो काम गर्नसक्छ। किनभने टेस्टमा कम्तिमा पनि २० मिनेटको समय लाग्न सक्छ।

कमेन्ट लोड गर्नुस