सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मुल्य घट्यो

२०७६ फाल्गुन १३, ११:२९ खबर संवाददाता

लगातार बढिरहेको सुनको भाउ मङ्गलबार तोलामा तीन सय रुपैयाँले घटेको छ। 

सुन मङ्गलबार तोलाको ८० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो।

मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन। चाँदी तोलाको नौ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस