सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसकारण महिलाको टाउको बढी दुख्छ

२०७६ फाल्गुन १३, ०५:५७ खबर संवाददाता

पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको छ। महिलाले पाउने दोहोरो जिम्मेवारी (बच्चा जन्माउने काम)का कारण या हर्मोनका कारण पनि हुन सक्छ।

 तर, यसका पछि अन्य कारण पनि छन्:-

चिन्ता
अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार तपाईंको मनिस्थिति के छ भन्ने पत्ता लगाउन सकिन्छ। यदि टाउकोको दुवै भागतिर दुखिरहेको छ भने बुझनुहोस्, यो चिन्ता (टेन्सन)का कारणले हो।

माइग्रेन 
यदि बीच भागमा टाउको दुख्छ भने त्यसलाई सामान्य मान्नु हुँदैन। यो माइग्रेनसमेत हुन सक्छ। यो खतरनाक समस्या भएकाले तुरुन्त डाक्टरकहाँ जानुपर्छ।

पाचनमा समस्या
कहिलेकाहीँ टाउको दुख्ने कारण पेटसँग जोडिएको हुन्छ। पाचन प्रणाली सही नहुँदा टाउको दुख्ने हुन्छ। यदि टाउकोको एक भाग लामो समय दुख्यो भने झाडापखालाको लक्षण पनि हुन सक्छ।

बोझ
यदि तपाईंले कुनै कुराको बोझ महसुस गरिहनुभएको छ र यो लामो समय कायम रहेमा टाउको दुख्ने हुन्छ।

हर्मोन
टाउको दुखाइको एउटा कारण हर्मोन पनि हो। हर्मोनका कारण हृदयको गति धेरै तेज हुन्छ। अनि, पसिना आउँछ। यी तमाम बदलावका कारण टाउको दुख्ने हुन्छ।

एलर्जी
कुनै एक खास ध्वनि कानमा गुञ्जिरह्यो भने टाउको दुख्न सक्छ। घन्टौँसम्म फोनमा कुरा गर्दा पनि यो समस्या आउन सक्छ। 

कमेन्ट लोड गर्नुस