सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा दुर्घटनामा ज्यान गुमाएका ६ नेपालीको सामूहिक अन्त्येष्टि

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन १२, ०८:१६ खबर संवाददाता

भारतको तामिलनाडुमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरीका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। गत बुधबार राति तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा ज्यान गुमाएका इटहरीका ६ जनाको सोमबार बुढी खोलामा सामूहिक दाहसंस्कार गरिएको हो।

गत बुधबार राति बस दुर्घटना हुँदा इटहरी–१० का ६ सहित ८ जना नेपालीको मृत्यु भएको थियो। मृत्यु भएका मध्ये ६ जनाको शव बागडोरा विमानस्थल हुँदै सोमबार साँझ इटहरी ल्याइएको थियो।

सोमबार ल्याइएको शवको सामूहिक दाहसंस्कार गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीका प्रेस सल्लाहकार लिलाराज भट्टराईले जानकारी दिए। दुर्घटनामा इटहरी–१० का वीरबहादुर राई, बुधनी थारुनी, रासीलाल चौधरी, टीकाराम चौधरी, फुसरीदेवी चौधरी र गोपाल तामाङको मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस