सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन भएन

२०७६ फाल्गुन १२, ०७:४५ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाको एक वडा एक कृषि उत्पादन कार्यक्रमको अवधारण कार्यान्वयन भएको छैन्। आर्थिक वर्ष २०७५÷०७६ र चालु आर्थिक वर्ष २०७६÷०७७ मा उप–महानगरपालिकाले एक वडा एक कृषि उत्पादनको कार्यक्रम ल्याएपनि अहिले सम्म कार्यान्वयन हुन नसकेको हो। वडाको भू–वनावटलाई अनुकुल हुने एक वाली छनोट गरी कृषिलाई व्यवसायीक रुप दिनुका साथै कृषिबाटै आर्थिक सम्बृद्धि ल्याउने उद्देश्यका साथ संञ्चालन गर्ने भनिएको कार्यक्रम नारामा मात्र सीमित भएकोधनगढीका स्थानीय मदनकृष्ण भट्टले बताए।

‘विना योजना ल्याईएका सबै कार्यक्रम अलपत्र छन्।’ उनले भने। ‘जनता प्रती जिम्मेवार भएर काम गरेको देखिन्न।’ उप–महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा कृषि तर्फ मात्रै ६ करोड बढी बजेट छुट्याएको थियो। तर उक्त वर्षमा कृषिमा एक करोड पनि खर्च हुन सकेको थिएन्। चालु वर्षमा पनि उप–महानगरपालिकाले कृषि तर्फ तीन करोड बजेट छुट्याएको छ। एक वडा एक कृषि उत्पादन कार्यक्रम चालु वर्ष समेत कार्यान्वयन नहुने उप–महानगरपालीकाले नै स्वीकार गरेको छ।

दुई आर्थीक वर्षको नीति तथा कार्यक्रम समावेस गरेको कार्यक्रमका लागि आवश्यक पर्ने माटो अनुकुल वाली समेत छनोट गर्न नसकिएको धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए। ‘रातो किताबमा उक्त कार्यक्रम समावेश गरिएपनि कार्यान्वयन भएको छैन्।’ उनले भने। ‘चालु वर्षमा पनि एक वडा एक कृषि उत्पादन कार्यक्रम लागु हुदैन्।’, उनले अगाडी थपे, ‘अर्को वर्षदेखि लागु गर्ने तयारीमा छौँ।’ अहिले धनगढीमा स्थानीय उत्पादनको अवस्था निकै कमजोर छ।

हरेक कृषी उपज वाहिरबाट आयात गर्नुपर्ने अवस्था छ। तरपनि कतिपय किसान केही कृषि उपज उत्पादन गर्दै आएका छन्। स्थानीय सरकारको सहयोग पाए कृषि पेशालाई आधुनिक र व्यवसायीक वनाउने योजना धेरैको छ। तर निकै महत्वका साथ ल्याईएका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्न उप–महानगरपालिका उदासिन देखिएको आरोप लागेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस