सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम घुम्न आएका भारतीय पर्यटक सूचना अभावका कारण फर्किए

२०७६ फाल्गुन ११, ०४:५९ खबर संवाददाता

सुदूरपश्चिम घुम्न आएका भारतीय पर्यटक पर्यकीय स्थलबारे पर्याप्त सूचना अभावमा नघुमेरै फर्किएका छन्। भारतको दिल्लीबाट उत्तराखण्ड प्रदेशमा रहेको जिम कार्बेट राष्ट्रिय निकुञ्ज हुँदै धनगढीका पुगेका १५ पर्यटक सूचना अभावका कारण फर्किएका हुन्।

शनिबार साँझ धनगढी पुगेका उनीहरु प्रदेशका पर्यटकीय स्थलबारे जानकारी अभावमा टुर प्याकेज बनाउन नपाएपछि गड्डाचौकी नाकाबाट फर्किएका छन्। मोटरसाईकल मार्फत जंगल क्षेत्रको यात्रामा निस्कीएका उनीहरुले पर्यटकीय स्थलबारे जानकारी नपाउँदा टुर प्याकेज बनाउन नसकेको बताएका छन्।

सुदूरपश्चिममा भ्रमण वर्ष २०२० चलिरहेका बेला प्रचार प्रसारको अभावमा बाह्य ठाउँबाट घुम्न पुग्ने पर्यटक सूचना नपाएपछि नघुमेरै फर्किने गरेका छन्।

भ्रमण वर्षको स्थानीय, प्रदेश र संघिय सरकारले तामझामका साथ औपचारिक उद्घाटन गरेका भएपनि पर्यटन भित्र्याउने योजना सञ्चालन गर्न नसक्दा समस्या भएको छ। सरकारी स्तरबाटै भ्रमण वर्ष लक्षित गतिविधी हुन नसक्दा घुम्न आउने पर्यटकबाट लाभ हासिल हुन सकेको छैन्। 

 

कमेन्ट लोड गर्नुस