कैलालीमा ट्याक्टरमा सवार एक जनाको ढलेर मृत्यु
कैलालीमा ट्याक्टरमा सवार ढलेर एक जनाको मृत्यु भएको छ।
शनिबार राति साढे एक बजेको समयमा टीकापुर नगरपालिका ८ बस्ने १९ वर्षीय राम चौधरीले चलाएको से १ त ८२९५नम्बरको ट्याक्टरमा सवार सोहि नगरपालिका १ का ३० वर्षीय बलीराम चौधरीको ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ट्याक्टरमा सवार चौधरीको रिगाँटा लागेर एक्कासी ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ। घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको।