सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिशूली ३ 'ए' को सुरुङभित्र एक शव फेला

२०८३ भदौ १९, ०२:१५ खबर संवाददाता

काठमाण्डाैँः  त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्र एउटा शव फेला परेको छ । सशस्त्र प्रहरी मुख्यालयले जनाएअनुसार सुरुङको भित्र पुगेका प्रहरी हवलदार पवन तामाङले भित्र एउटा शव भेटिएको बताएका छन् । 

त्यस्तै त्रिशूली ३ 'ए' जलविद्युत् केन्द्रका कार्यालय प्रमुख आभाष ओझाले पनि एउटा शव भेटिएको र पहिचान हुन बाँकी रहेको बताए । 

यसअघि शुक्रबार बिहान सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त उद्धार टोलीले काठमाडौंका कबिर महर्जन र सप्तरीका सञ्जय शाहलाई जीवितै उद्धार गरिएको थियो । दुवैजनालाई उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । 

कमेन्ट लोड गर्नुस