सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिड्लिङ जोन मन्टेश्वरीको सातौ वार्षिकोत्सव सम्पन्न

२०७६ फाल्गुन १०, ०९:४२

सिड्लिङ जोन मन्टेश्वरी स्कुलले सातौ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम सम्पन्न भएको छ। धनगढी उप-महानगरपालिका वडा नम्बर ४ मा रहेको विद्यालयको वार्षिकोत्सव धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए।

सो अवसरमा बोल्दै नगर प्रमुख वडले वालबालिकाहरुका लागि संस्कारीक शिक्षा आवश्यक भएको बताए। अभिभावकहरुले पनि आफ्नो संस्कार भन्दा आयातित भाषा, संस्कार संस्कृती वालबालिकाहरुलाई बढी सिकाउन थालेको उनको भनाई थियो। घर देखि विद्यालय सम्म बालवलिकाहरुलाई संस्कार सिकाउनुपर्ने उनले बताए।धनगढीका सात वटा सामुदायीक विद्यालयमा प्राविधिक धारको पठनपाठन सुरु गराएका उनले बताएका छन्। धनगढीलाई प्राविधीक शिक्षाको हव बनाउन सामुदायीक विद्यालयमा पनि प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेको उनले बताए।

सिड्लिङ जोन मन्टेश्वरी स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एश्वर्य विद्या निकेतनका प्रिन्सीपल प्रेमनीधि ओझा, कैलाली विद्या निकेतनका सञ्चालक टोपेन्द्र शाही, सुन्दर सुदूरपश्चिम वस व्यवसायी प्रालिका अध्यक्ष पदम सापकोटा, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यालयकी प्रिन्सीपल शारदा रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्मला खडायतले गरेकी थिइन्।  वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले नाटक, नृत्य तथा कला प्रस्तुती गरेका थिए।
 

कमेन्ट लोड गर्नुस