धनगढीको फेन्सी पसलमा दुई लाख बढिको चोरी
धनगढी : धनगढी उप–महानगरपालिकाको एलएनचौकमा रहेको एक फेन्सी पसलमा चोरी भएको छ। त्रिनगर कम्प्लेक्समा रहेको विआर फेन्सी स्टोरमा गयराती चोरी भएको हो।
गत राती सटर फोडेर चोरी भएको फेन्सी पसलका संञ्चालक अमित भट्टराईले बताए।
उनले भने, ‘जुताहरु सबै चोरी भएको छ। ब्यागहरु, नयाँ आएको टि–सर्टहरु समेत छानीछानी लगेको छ।’ दुईलाख भन्दा बढीको चोरी भएको उनले बताए।
चोरी भएको थाहा पाएपछि मुचुल्का उठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक नारायण विष्टले बताए। चोरीमा संग्लनको खोजी भईरहेको छ।