सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगामा धार्मिक महोत्सव सुरु

२०७६ फाल्गुन ९, ०४:२६ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिकाको लिक्मामा शिवशक्ति ज्ञान विज्ञान धार्मिक महामहोत्सव सुरु भएको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीले गरेकी हुन्।

महोत्सवको उद्घाटन गर्दै त्रिपाठीले  योगले मानिसलाई मनोवैज्ञानिक रुपमा स्वस्थ एवंम निरोगी बनाउने बताईन्। यस्तै प्रवचनबाट नैतिक र तार्किक गुण अभिव्यक्त गरेर  सु–संस्कृत समाज निर्माण हुने पनि उनको भनाई थियो।

गौरीगंगाका मेयर भीमबहादुर देउवाले महोत्सवले समाजलाई सही मार्गमा धार्मिक एवं आध्यात्मिक कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताए।

आयोजक मूल समारोह समितिका अध्यक्ष दिपेन्द्र गिरीको सभापतित्वमा भएको धार्मिक महा महोत्सव उद्घाटन कार्यक्रममा शिवशक्ति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त भट्टले स्वागत गरेका थिए भने वडा नं ८ का अध्यक्ष तुलाराम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए।

८ दिन सम्म चल्ने  महोत्सवमा अन्तराष्ट्रिय भागवत भूषण पुज्य सनजेल जी महाराजले कथा वाचन गर्ने छन्। 

कमेन्ट लोड गर्नुस