सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन माइला

२०७६ फाल्गुन ९, ०८:१९

मदन भट्ट

भक्करा ठेटना ठेटनी साझ बादुर र बिबेक कुमारीको बात मिलो, पिरिम परो, अनि ब्या अरे, बात मिलेन ब्या क्यान्सेल, छोडपत्र अरे, के खराप अरे ? ब्या अर्न, पिरिम अर्न अनि पोइल जान नि अर्कालाइ सोध्नुपर्ने ? यो कस्तो निसाप हो, आफै भन त माइला!

यो सप्पै देखेर किन हो कुन्नि दिल्ली घरा जन्मेको ७ साले काउरेस बादुर र लेनिन घरा जन्मेको ४६ साले काउरेड बादुर यति मक्ख छन कि। मानौँ तिनेरु कति फुटेकै छैनन, ग्रुपका ग्रुप बनार मिटिङ्ग बसेकै छैनन।

को कति बेला पोइला जान्छ, कति बेला फिर्ता आउछ भन्ने पनि अत्तोपत्तो नभाका छत्तिसे बहत्तरेहरु, एउटै स्वास्नीको दु दु वटा पोइ भर अड्डा जमार बसेकाहरु, गुटै पिच्छे नयाँ नयाँ सवापती भाकाहरु, चुनाव हुनुमात्र पर्च कोही चाइन्न हराउनलाइ, आफ्नालाइ आफ्नैले हराउनेहरु, यसरी कुरा अर्छन मानौं साझ बहादुर र बिबेक कुमारीले नै सबै बिगार अरेको हो। तिनेरुले नै सबै सखाप अरेको हो। 

तिनेरु नभाको भा नेपाल उइलेनैं स्वीजरल्यान्ड वनाइसक्थे आफुहरुले ! अस्ति भक्खर साझ बादुरको जेठो दाइले बिदेशा काम अरेर कमार ल्याको पैसोले नेपाल खाल्डा एउटा घरमात्र के किनेथ्यो, कत्रो रडाको मच्चाको के, किन किन्नु परो अरे त्यत्रो पैसो को घर ? कसैले आफ्नो पैसोले घर किनोस कि फर्सी किनोस, कुपिन्डो किनोस, तिम्रा टाउका लुतो किन चिलाको ?

हेर त माइला, आफ्नो कमाको पैसोले घर किन्दा पनि कत्रो बिरोध के जेठोको। तिमेरुका मालिकहरुले न त कहिले काम अरे, न व्यापार अरे, न नौकरी अरे, अनि कसरी आयो यत्रो पैसो? सर्बहाराको सेवा गर्छौ भनेर आएका बकुल्ले चप्पलधारीहरु कसरी भए अरबौंको सम्पत्तिका मालिक ? कहाँ बाट आयो त्यत्रो पैसो ?

सोधेका छौ कैले तिम्रा मालिकहरुसङ्ग कसको पैसोले जङ्ग बहादुर बनायो तिनिहरुलाइ ? कहाँ भेटाए तिनेरुले पैसा फल्ने रुख ? साच्ची रिस उठछ माइला, फुटेको बोतलका ढक्कनहरु भन्न मन लाउछ इनेरुलाइ, भौआन कसम, कति रीस अरेका के घरजम छुट्टिएर बसेका साझ बहादुर र बिबेक कुमारीको, कति रीस अरेका के साझ बहादुरको घरका जेठा, माइला, काइलाहरुको !

आफ्नो चिन्ता अरेर अरुको वास्ता न अरेर तिनेरुलाइ सरासर आफ्नो बाटो हिन्न दे भैगो नि डाम्नाहरुले, कति ट्यार ट्यार अरेको के ! कि कसो, मैले गलत भनेन कि माइला ?
 

कमेन्ट लोड गर्नुस