सुदूर नेपाललाई विश्वसँग जोड्दै

शारदा माविको ४४ औँ वार्षिकोत्सव सम्पन्न

२०७६ फाल्गुन ८, ०६:५२ खबर संवाददाता

धनगढीको शारदा माध्यामिक विद्यालयको ४४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ।

बिहिबार विद्यालयले ४४ वर्ष पारगरी ४५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ४४ औँ वार्षिकोत्सव तथा अविभावक दिवश मनाएको हो। प्रमुख अतिथि समेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले विद्यालयको विकासमा सहयोग गर्न धनगढी उपमहानगरपालिका सधैँ तयार रहेको बताए।

कार्यक्रमका सभापति धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नर बहादुर बम रहेका थिए। वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजनाका साथै उत्कृष्ठ  विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरीएको थियो।

कमेन्ट लोड गर्नुस