सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब फेसबूकबाट यसरी गर्न सकिनेछ गोप्य अडियो र भिडियो कल

२०७६ फाल्गुन ८, ०६:२३

फेसबूकले छिट्टै अडियो र भिडियो कलका लागि सिक्रेट कन्भर्सेसन्स फीचर ल्याउन लागेको छ।  मेसेन्जरमा एन्क्रिप्टेड कलहरूको परीक्षण गरिरहेको प्रमाण पाइएको एक याप अनुसन्धानकर्ताले पत्ता लगाए। 

तर केही व्यक्तिहरूले चाहिँ फेसबूकले प्रयोगकर्ताहरूको संवाद सुन्ने नरोक्ने भन्दै नयाँ फीचर उपयोग गर्न अस्वीकार गर्ने बताएका छन्। 

फेसबूकले सन् २०१६ मा पहिलोपटक सिक्रेट कन्भर्सेसन्स ल्याएको थियो। त्यसमा प्रत्येक मेसेज थ्रेडका लागि टाइमिङ अप्सन पनि दिइएको छ। त्यसमा प्रयोगकर्ताहरूले स्न्यापच्याटमा जस्तै मेसेजहरू आफैं डिलिट हुने व्यवस्था छ।

तर अहिले आएर फेसबूकले प्रयोगकर्ताहरूलाई एन्क्रिप्टेड अडियो तथा भिडियो कलको सुविधा ल्याएको छ। प्रयोगकर्ताहरूले म्यानुएल रूपमा सिक्रेट कन्भर्सेसन्स अन गरेमा मात्र फेसबूकले मेसेजहरू एन्क्रिप्ट गर्ने हो। 

यो फीचरलाई जेन मानचुन वोङले पत्ता लगाएकी हुन्। उनी एक याप अनुसन्धानकर्ता हुन् र यापहरूमा लुकेका कुरा पत्ता लगाउन माहिर छिन्। तर यो फीचर अहिले पनि परीक्षणकै चरणमा छ। फेसबूकले यसको अस्तित्वलाई पुष्टि गर्न बाँकी नै छ र यो कहिले सार्वजनिक गर्ने हो भनी भन्न बाँकी छ। –एजेन्सी
 

कमेन्ट लोड गर्नुस