सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ह्याभेन्स मन्टेश्वरीको कम्युनिटी हेल्पर कार्यक्रम सम्पन्न

२०७६ फाल्गुन ८, ०५:५१ खबर संवाददाता

धनगढी : धनगढीकाे चौराहमा रहेको ह्याभेन्स मन्टेश्वरी एण्ड चिल्ड्रेन हाउसले सञ्चालन गरेको कम्युनिटी हेल्पर कार्यक्रम सम्पन्न भएको छ। 

धनगढी उपमहानगरपालिका– २ मा रहेको ह्याभेन्स मन्टेश्वरीले बालबालिकाहरुलाई समाजमा सहयोग गर्ने मानिस र उनीहरुले गरिरहेको पेशाका बारेमा जानकारी दिनका लागि उक्त कार्यक्रम गरिएको मन्टेश्वरीकी प्रिन्सिपल इशा शर्माले बताइन।

कम्युनिटी हेल्पर कार्यक्रम अन्तरगत प्रहरी, स्वास्थकर्मी, व्यवसायी, सिकर्मी र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा प्रत्यक्ष अवलोकन लगायतका कार्यहरु गरिएको हो। 

कार्यक्रम अन्तरगत बालबालिकाहरुलाई समाजिक काम गर्ने पेशामा आवद्ध रहेकाहरुसँग साक्षात्कार गराएर उनीहरुलाई त्यसको बारेमा जानकारी दिइएको छ। 

ह्याभेन्स मन्टेश्वरीले विगत ७ वर्षदेखि मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको छ। 

 

कमेन्ट लोड गर्नुस