सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवती मृत्यु प्रकरण : न्यायको माग गर्दै धनगढीमा प्रदर्शन

२०७६ फाल्गुन ८, ०२:४३ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाकी उर्मिला बिष्टके मृत्यु भएको २० दिनसम्म पनि वास्तविकता बाहिर नल्याईएको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ।

गत माघ १८ गते मृत फेला परेकी विष्टका लागि न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको हो। विष्टका माईती पक्षले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको आरोप लगाएका छन्।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने चार जनाालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भईरहेको जनाएको छ। प्रहरी निरिक्षक प्रकास कार्कीले भिसेरा परिक्षणको रिर्पोट आउन बाँकी रहेको बताउँदै अनुसन्धानमा कुनै लापरवाही नगरेको बताए। 
 

कमेन्ट लोड गर्नुस