सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जीप दुर्घटना हुँदा गाउँपालिकाकी उपाध्यक्षसहित ९ जना घाइते

२०७६ फाल्गुन ८, ०१:०० डीवि विष्ट

बझाङ: बझाङको खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा जीप दुर्घटना हुँदा गाउँपालिकाकी उपाध्यक्ष पाउसरा थापासहित ९ जना घाइते भएका छन्। 

बिहिबार बिहान ११ बजे महेश्वरी मावितर्फ जादै गरेको सुप ०१००१ज१२२० नम्बरको जीप पल्टिदा उपाध्यक्षसहित ९ जना घाइते भएका हुन। जसमध्ये दुईजनाको अवस्था गम्भिर रहेको प्रहरी चौकी छान्नाका ईन्चार्ज भुवनसिहँ बोहराले बताए। 

गम्भीर घाइते हुनेमा नरेन्द्र उपाध्याय र सुमन विक रहेका छन्। जीपमा झण्डै १२/१३ जना सवार रहेकोमा अधिकांश विद्यार्थी रहेको बोहराले बताए। 

गाउँपालिकाकी उपाध्यक्षको अवस्था भने समान्य रहेको बताइएको छ। घाइते सबैलाई उपचारका लागी जिल्ला अस्पताल पठाइएको खप्तड छान्ना गाउँपालिकाका प्रवक्ता रामबहादुर सिहँले बताए।  

खप्तडछान्ना गाउँपालिकाको महेश्वरी माविमा आज देखी सुरु हुन लागेको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कपको उद्घाटन समारोहमा सहभागी हुन जाने क्रममा उपाध्यक्षसहित अभिभावक र  विद्यार्थीहरु घाइते भएको गाउँपालिकाका प्रवक्ता सिहँले बताए।  
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस