सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाले गरेको कालोपत्रे सडक एक वर्षमै भत्कियो

२०७६ फाल्गुन ८, ११:११ रोशन भट्ट

धनगढीमा उपमहानगरपालिकाले गरेको कालोपत्रे सडक एक वर्षमै भत्कीएको छ। उप–महानगरपालिकाले आर्थीक वर्ष २०७४/०७५ को झण्डै ८ लाखमा कालोपत्रे गरेको वडा नम्बर १२ मनहेराको मुक्तिनाथ विद्यालय पछाडीबाट शिविर जाने सडक भत्कीएको हो। सो सडकको निर्माण कार्य गत वर्ष मात्र सम्पन्न भएको थियो। तर सडक एक वर्षमै सडक भत्कीन थालेपछि आवातजावतमा फेरी सास्ती हुन थालेको स्थानीय फिरु चौधरीले बताए।

‘सडक कालोपत्रे गरेको एक वर्ष मात्र भयो, तर सडक भत्कीसक्यो।’ उनले भने ‘कमसल निर्माण सामाग्री प्रयोग गरेर आर्थीक अनियमिताता गरेको हुनसक्छ।’ स्थानीयको मागपछि सडक कालोपत्रेको योजना संञ्चालन गरिएपनि निर्माणमा  लापरवाही भएको आरोप लागेको छ।  कालोपत्रे सडकमा वडा कार्यालयले ग्राबेल समेत हालिरहेको छ। उक्त सडकमा ग्राबेल वोकेका टिप्परहरु नै गुड्दा सडक भत्किएको स्थानीय हरीलाल चौधरीले बताए।

‘सडक निर्माणकै क्रममा स्थानीय जनप्रतिधि र निर्माण कम्पनीकै लावरवाहीका कारण गुणस्तरहिन काम भएको हो।’ उनले भने। विगतदेखि नै सबै निकायले वेवास्ता गरेको मनहेरा शिविरमा वडा कार्यालयले सडक कालोपत्रे गर्ने भएपछि स्थानीय खुसी भएको थिए। अन्य पुर्वाधार निर्माणको कार्यपनि सुरु हुन्छ की भन्ने आशा स्थानीयको थियो। तर वडाले नै वनाएको सडकमा वडाकै ग्राबेल वोकेको टिप्पर हिड्दा सडक भत्कीदा पनि सरोकारवाला निकाय मौन बसेका छन्।

कमसल निर्माण समाग्री प्रयोग हुँदा कालोपत्रे सडक भत्किन थालेको आरोप लागेको छ। तर वडा १२ का वडाध्यक्ष गणेश जोशीले वडा कार्यालयले नै उक्त सडक निर्माण गरेको बताए। ‘सडक भत्केको हुनसक्छ, मैले हेर्न पाएको छैन।’ उनले भने। प्रत्येक वर्ष कालोपत्रेको क्षेत्रलाई बढाउदै लैजाने योजनाका सात गत वर्ष कालोपत्रे गर्न नगरिएको क्षेत्रलाई यस वर्ष समेट्ने भनिएको छ।

तर चालु वर्षमा उक्त सडककै अगाडीको भाग कालोपत्रे गरिने भएपनि गतवर्षको कालोपत्रे भत्कीदा उक्त बजेट वालुवामा पानी जस्तै भएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस