सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिसलाई यसरी काबुमा राख्नुहोस्

२०७६ फाल्गुन ८, ०५:५४ खबर संवाददाता

महाभारतमा श्रीकृष्णको स्वभाव बुझेर हामीले पनि केहि कुरा सिक्न आवश्यक छ। जस्तै कुन समय के बोल्ने, कुनै मानिसलाई केहि कुरा कसरी समझाउने र कुन बेला कस्तो व्यवहार गर्ने। महाभारतमा शिशुपालले राजाको सभामा भगवान श्रीकृष्णको अपमान गरे। यसमा श्रीकृष्ण निकै समयसम्म चुप रहे, तर उनलाई जब नबोल्नु कायरता हुनेछ भन्ने लाग्यो तब उनले सभामा सुदर्शन चक्रको प्रयोग गरे।

तपाई चाडो चाडो रिसाउनुहुन्छ भने सबैभन्दा पहिले तपाईले गुमाउने चीज हो सम्बन्ध। क्रोधको आगोले सबैभन्दा पहिले सम्बन्धलाई जलाउछ। पुस्तौदेखि चलिरहेको सम्बन्ध पनि क्षणिक क्रोधको बलि बन्छ।  दोस्रो आफन्त प्रति निष्ठा। नातामा दरार आए निष्ठा सबैभन्दा पहिले चिरा पर्छ। त्यसपछि सम्मान जान्छ। यदी तपाई पटक पटक  कोहि प्रति क्रोध गर्नुहुन्छ भने तपाई उसको नजरमा आफ्नो सम्मान पनि गुमाउनु हुन्छ। 

यसपछि विश्वसनीयता। तपाई प्रति मानिसहरुको विश्वास उड्छ । त्यसपछि स्वभाव र स्वास्थ्य। भन्नुको अर्थ मानिस तपाईसँग देखिन्छन तर वास्तवमा उनिहरु तपाई पक्षमा हुदैनन्। 

यसरी पाउन सकिन्छ रिसबाट छुटकारा

सधै मुहारमा मुस्कान हुनुपर्छ। कुनैपनि कुरा गहिरोसँग सोच्नुहोस क्षणिक आवेगमा आफ्नो प्रतिक्रिया व्यक्त नगर्नुहोस। सही समयलाई  पर्खनुहोस्। कृष्णसँग सिक्नुहोस आफ्नो स्वभावमा कसरी रहने। उनले कहिले पनि क्षणिक आवेगमा कुने प्रतिक्रिया दिएनन्।

सधै परिस्थितिलाई गम्भीरता पुर्वक हेर्थे। शिशुपाल अपमान गरि रह्यो , तर उनि सही समयको पर्खाइमा रहे। समय आएपछि उनले शिशुपाललाई मारे। आफ्नो दिनचर्यामा ध्यान योग र  मुहारमा मुस्कालाई स्थान दिनुहोस। यी दुवै चिजले तपाईको व्यक्तित्वमा ठुलो परिवर्तन ल्याउने छ। कुनै पनि स्थितिसँग जुध्नको लागि तपाईलाई तयार बनाउनेछ।
 

कमेन्ट लोड गर्नुस