सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई प्रदेश सांसद बमका ६ प्रश्न !

२०७६ फाल्गुन ७, ०७:२६

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेश सभा सदस्य कुमारीनन्द बमले प्रश्न गरेकी छन्। उनी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यमा समानुपातीक तर्फबाट निर्वाचित भएकी थिइन। 

उनले मुख्यमन्त्री चिलोचन भट्टको पदभार ग्रहण गरेको दुई वर्षको उपलब्धी शुन्य रहेको भन्दै प्रशन गरेकी छन्।

उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई गरेका छ प्रश्न यस्ता छन् :
१)तपाइले पदभार ग्रहण गर्दा यस प्रदेशमा भ्राष्ट्राचार घटाउँछु भन्नु भएको थियो। तर झन बढ्दैछन किन? 

२)तपाईले मुख्यमन्त्रीको पदभार ग्रहण गरेपश्चात पहिलो सम्बोधनमा भारतमा बस्ने नेपालीको अभिलेखिकरण र व्यवस्थापन गर्छु भन्नु भएको थियो, परिणाम शुन्य छ किन ?

३)करिब २० वर्ष पहिलादेखि पश्चिम सेतीको सम्भाव्यता अध्ययन र कार्यान्वयन गर्ने चरणमा पुगिसक्नै लाग्दा प्रादेशको आन्तरिक आयको सबै भन्दा ठुलो श्रोतलाई प्रदेश सरकारको प्राथामिकतामा भन्दा बढि छिमेकी देश भुटानले उत्पादन गरेको १२ हजार मेघावट जलविद्युत भारतलाई बेचेर देशको सबैभन्दा  ठुलो आयश्रोत भएको छ।  प्रदेश सरकार प्रदेशको सम्बृद्धि भन्दा आफ्ना कार्यकर्ताको सम्बृद्धितर्फ उन्मुख छ किन?

४) महिला, दलित, जनजातीलाई समान हैसियत हुँदा पनि सामानुपातिक माननिय ज्यूलाई यस प्रदेश सरकारले बजेट विनियोजन गर्दा विभेद गरिरहेको छ ?(यसको उदाहरण प्रदेश पूर्वाधार बजेट)

५) आव २०७६/०७७ को निति तथा कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले  पीपीपी कार्यक्रम अन्तरगत विनियोजन गरेको दश करोड रुपैँया काठमाण्डौँमा रहेको जडिबुटी कम्पनी कोटेश्वरलाई दिई प्रदेश अन्तरगत खोल्ने प्रावधानलाई ल्याइएको छ।

६) देश भरिकैको महालेखाको तथ्यांकअनुसार पहिलो नम्बरमा प्रदेश नम्बर २ र दोस्रोमा सुदूरपश्चिम प्रदेश भ्रष्ट्राचारमा अगाडी रहेको छ। यसमा प्रदेश सरकारको मौनता किन? 

कमेन्ट लोड गर्नुस