थरुहट/थारुवान संयुक्त राष्ट्रिय मोर्चाद्वारा धनगढीमा मसाल जुलुस प्रदर्शन
थरुहट/थारुवान संयुक्त राष्ट्रिय मोर्चाले धनगढीमा मसाल जुलुस निकालेको छ। सरकार आफ्ना मागहरुप्रति गम्भीर नभएको भन्दै मोर्चाले सार्वजनिक गरेको थप संघर्षका कार्यक्रम अन्तरगत क्याम्पस चोकमा जुलुस निकालिएको हो।
मसाल जुलुस निकालिएको मोर्चाका कैलाली संयोजक माधव थारुले बताए। थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु फागुन १ गतेदेखि अनसनमा छन्। उनको समर्थनमा मोर्चाले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ।
मोर्चाको सार्वजनिक गरेको विरोध कार्यक्रम अन्तरगत फागुन ९ र १० गते बडघर, भलमन्सा, किसान, शिक्षक, व्यापारी, लगायतसँग देशव्यापी रुपमा छलफल गर्ने, ११ गते थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, थारु संघ संस्थासँग मोर्चाबन्दीका लागि छलफल सम्बाद गर्ने, १२ गते थरुहट तराई क्षेत्रमा लाठी जुलुस गर्ने लगायतका विभिन्न कार्यक्रम गर्दै २३ गते सम्मका विरोध जनाउने छ।