सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पुलिस स्कुल धनगढीको ३४औँ वार्षिकोत्सव सम्पन्न

२०७६ फाल्गुन ७, ०६:५९ खबर संवाददाता

धनगढी : नेपाल पुलिस स्कुल धनगढीको ३४औँ वार्षिकोत्सव सम्पन्न भएको छ। ३४ वर्ष पार गरी ३५औँ वर्षमा प्रवेश गरेसँगै बुधबार वार्षिकोत्सव मनाइएको प्रद्यानाध्यापक डिल्लीराज जोशीले जानकारी दिए। 

वार्षिकोत्सव कार्यक्रमका सभापति रहेका संघीय इकाई प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक देवबहादुर बोगटीले पुलिस विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीको शैक्षिक प्रगतिको कामना गरे। 

उनले प्रहरी समाज, राष्ट्रको लागि खटिने भएकाले पुलिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले हिंसारहित समाजको विकासमा लाग्नुपर्नेमा जोड दिए। कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. हेमराज पन्त रहेका थिए। पुलिस स्कुलमा ८ सय ६० जना अध्ययनरत रहेको प्रद्यानाध्यापक डिल्लीराज जोशीले जानकारी दिए। 

३३ जना शिक्षक शिक्षिका रहेको उक्त विद्यालयमा २५ जना प्रहरी कर्मचारी रहेका छन्। कार्यक्रममा विद्यालयमा अक्षयकोषको रकमबाट १० जना विद्यार्थिहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक .डा. हेमराज पन्त रहेका थिए।

कमेन्ट लोड गर्नुस