धनगढीको सैलेश्वरी इंगलिस बोडिङ्ग स्कुलको १७औँ वार्षिकोत्सव सम्पन्न
धनगढी: धनगढीको सैलेश्वरी इंगलिस बोडिङ्गस्कुलको १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ। बुधबार विद्यालयले आफ्नो १७औँ वार्षिकोत्सव तथा अविभावक दिवस मनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले विद्यालयको आगामी दिनमा शैक्षिक प्रगतिको कामना गरे।
वार्षिकोत्सव कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम तथा उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार वितरण समेत गरिएको थियो। कार्यक्रमका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर देउवा सभापति रहेका थिए।