सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई श्रीमतीले गरे श्रीमानको बाँडफाँट: ३ दिन जेठीसँग ३ दिन कान्छीसँग, एक दिन विदा !

२०७६ फाल्गुन ७, ०५:२०

नेपालीमा २ जोईको पोई कुना बसि रोई भन्ने उखान खुबै प्रचलनमा छ। तर मिलाउन सक्ने हो भने कुना बसेर रोईराख्नु पर्दैन। यस्तै एक घटना भारतको झारखण्डको राजधानीबाट आएको छ।

यहाँ राँचीको सदर पुलिस थानामा शनिबार एउटा निकै अचम्मको घटना भयो । श्रीमती र प्रेमिकाले एक व्यक्तिलाई आफूसँग बस्नका लागि आपसमा बाँडफाँड गरेका छन्।

यी दुईबीच भएको सहमती अनुसार श्रीमान् हप्तामा तीनदिन श्रीमतीसँग बस्नेछन् भने अर्को तीन दिन प्रेमिकासँग बस्नेछन्। र एक दिन श्रीमानलाई उनीहरुले छुट्टी पनि दिएका छन्। शनिबार ती व्यक्तिकी प्रेमिकाले प्रेमीले आफूसँग गरेको सम्झौता तोड्दै पाँच दिनदेखि घर नआएको भन्दै प्रहरी चौकीमा उजुरी दिइन्।

श्रीमान्, श्रीमती र तेस्रो व्यक्तिबीचको चक्करमा पुलिस पनि तनावमा परेको भास्करले लेखेको छ। प्रहरीले श्रीमान राजेश कुमारलाई चौकीमा बोलाएर सम्झाएको र राजेशकी श्रीमती र प्रेमिकाबीच सहमती भएको समाचारमा बताइएको छ। प्रहरीको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौता गरेका हुन्।

राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइएको छ त्यसकारण हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन्। एक दिन उनका लागि विदा हो, उनी त्यस दिन स्वच्छाले जहाँ पनि बस्न सक्नेछन्। -एजेन्सी 

कमेन्ट लोड गर्नुस