सुदूर नेपाललाई विश्वसँग जोड्दै

जहाँ सोमबार पुरुषलाई युवतीसंग जे गर्न पनि छुट दिइन्छ

। फोटो स्रोत ।
२०७६ फाल्गुन ७, ०१:०१ खबर संवाददाता

विश्व अचम्मका खानीले भरिएको छ। संसारमा अनौठा र अचम्मका नियमहरु छन्। त्यस्तै एउटा नियमको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ। सुन्दा अचम्म लाग्छ नै तर यो कुरा सत्य हो। अन्तराष्ट्रिय सञ्चारमाध्यामका अनुसार पोल्यान्डमा सोमवारका दिन केटाहरूलाई जे पनि छुट हुन्छ। सञ्चारमाध्यामका अनुसार मध्य युरोपका केही देशहरु पोल्यान्ड र चेक गणतन्त्रमा सोमवार बिदा हुन्छ।

सो बिदाका दिन त्यहाँ केटाहरूले आफूले चाहेकी युवतीलाई मनलाग्दी गर्न पाउँछन्। समाजले यसका लागि छुट दिएको छ। सो दिन पुरुषले महिला वा चाहेका युवतीलाई मज्जाले भिजाउन पाउँछन्। कसरी भने, ती देशमा ‘वेट मन्डे’ बिदा दिइन्छ। यसलाई ‘भिजेको सोमवार’ भनिन्छ।

सो दिन युवकले युवतीलाई भिजाए एकअर्काले गरेको पाप पखालिने विश्वास गरिएको छ। सञ्चारमाध्यामका अनुसार त्यस क्षेत्रका सबैभन्दा सुन्दर युवतीलाई कुनै पुरुषले भिजाए ती महिलाले कुनै विरोध वा प्रतिकार गर्न पाउँदिन्। किनभने, त्यसो गर्नाले भिजाउने पुरुषले जीवनमा गरेका पाप सकिन्छन् भन्ने विश्वास रहि आएको छ।

अझ रोचक कुरा त के छ भने सोमवारका दिन केटाहरूले केटीलाई पानीले भिजाएर पाप पाखाल्छन्। र मंगलबार केटीहरूले पनि केटाहरुलाई पानीले भिजाएर आफ्नो पाप पखाल्ने गर्दछन्।
 

कमेन्ट लोड गर्नुस