डडेल्धुरामा भन्सार छलीको मोटरसाइकलसहित युवक पक्राउ
डडेल्धुरा : डडेल्धुरामा भन्सार छलीको मोटरसाईकल सहित एक युवक पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ कटालबाट भन्सार छलीको मोटरसाईकलसहित परशुराम ५ बसगैराका २२ वर्षीय हरजित बहादुर सिजालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा उनले चलाएको मोटरसाईकल कागजपत्र नभेटिएपछि नियन्त्रण लिईएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
मोटरसाईकल र युवकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कञ्चनपुर पठाईएको न्यौपानेले बताए।